२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम अन्तिम चरणमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा अगाडि बढिरहेको छ । प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि दुई छुट्टाछुट्टै जोइन्ट भेन्चर कम्पनीहरूसँग गरिएको ठेक्का सम्झौता अनुसार निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको हो ।

प्याराफिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभी सँग सम्झौता गरिएको थियो । प्याराफिट निर्माणमा ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानमा ४७ करोड ३७ लाख रुपैयाँ खर्च हुने गरी सम्झौता भएको थियो ।

निर्माण कार्य तोकिएको मितिमा सम्पन्न नभएको कारण ठेकेदार कम्पनीले सम्झौताअनुसार दैनिक करिब २ लाख रुपैयाँ जरिवाना तिर्दै काम अघि बढाइरहेका छन् । हाल असार ३० गतेदेखि निर्माण कम्पनीले जरिवाना तिर्दै तीव्र गतिमा काम गरिरहेको स्रोतले जनाएको छ ।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्न लागिएको हो । फ्लडलाइट जडानपछि रातिमा समेत खेल सञ्चालन गर्न सकिनेछ । प्याराफिट निर्माणसँगै दर्शकहरूको बसाइ व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

निर्माण सम्पन्न भएपछि मैदानमा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सहज हुने सम्बन्धित निकायको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।