काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा माटो खसालेर धुलो र फोहोर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका-१४, बल्खु चोकमा आफ्नै निजी जग्गामा जेसीबी प्रयोग गरी माटो पुर्ने क्रममा सडकमा माटो खसालेर धुलाम्मे र फोहोर गर्ने हरिलाल श्रेष्ठलाई महानगर प्रहरीले कारबाही गरेको हो।
महानगरपालिकाले सार्वजनिक सडकमा फोहोर फैलाउनु र धुलो उडाएर वातावरण प्रदूषण गराउनु नियम विरुद्ध रहेको भन्दै यस्तो कार्यलाई कडाइका साथ दण्डित गर्ने बताएको छ। महानगर प्रहरीले व्यक्तिगत वा व्यावसायिक काम गर्दा सार्वजनिक सम्पत्ति र वातावरणमा असर पुर्याउन नपाइने स्पष्ट पारेको छ।
नगरपालिकाले यस्ता गतिविधिमा निरन्तर निगरानी राख्ने र नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने जनाएको छ।








प्रतिक्रिया