चलचित्र ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्माको अभिनय हेर्न पाइने भएको छ ।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध गराइएको हो । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।
अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्रमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो । अब पूर्ण हुने बाटोमा जाँदैछ।’
यसअघि यो चलचित्रका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए।
नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्रमा निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ ।
निर्देशक ढुङ्गानाले अन्य कलाकारहरुको बारेमा जानकारी सार्वजनिक गरेकी छैनन्।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।








प्रतिक्रिया