भक्तपुर। भक्तपुरको मध्यपुर थिमी–८ बोडे सिन्टीटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका किशोरी दिदीबहिनी आफैं भारतको मुम्बईबाट काठमाडौं आएको प्रहरीले जनाएको छ।
सुर्खेतकी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३) तीन साता अघि मुम्बईबाट बेपत्ता भएका थिए। बिहीबार बिहान उनीहरू भक्तपुरमा भाडामा लिएको कोठामा मृत अवस्थामा फेला परेका थिए।
परिवारले कसैले ललाई फकाई ल्याएको आशंका गरे पनि प्रहरी अनुसन्धानले उनीहरू आफैं आएको निष्कर्ष निकालेको हो। प्रहरीका अनुसार उनीहरू १५ दिनदेखि त्यही घरमा बस्दै आएका थिए। शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र संकास्पद केही देखिए थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।








प्रतिक्रिया