२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन हुइँकिएका दुई मन्त्रीका गाडी ठोक्किँए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।

रानी जमरा कुलरिया सिँचाई आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी कैलालीको लम्कीमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटना से.१ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा देखिएको एक व्यक्तिलाई अभिवादन गर्न अचानक ब्रेक लगाउँदा भएको हो।

त्यसैबेला पछाडिबाट तीव्र गतिमा आइरहेको बा.२ झ १४१९ नम्बरको रातो गाडी अगाडिको गाडीमा ठोक्किएको थियो। प्रहरीका अनुसार, कानुन मन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने पाल सवार गाडीको पछाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र दुवै मन्त्री सुरक्षित रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई अर्को सवारी साधनको व्यवस्था गरी उद्घाटन स्थल चिसापानी पुर्‍याइएको थियो।

हाल प्रहरी टोली घटनास्थल पुगेर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।