हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको विपक्षमा बहुमत पुगेसँगै उनी दलको नेताबाट पदमुक्त भएका हुन्।
कुल ३७ जना सांसद सहभागी भएको बैठकमा लामा पक्षमा १५ मत मात्र खसेको थियो भने २२ सांसदले लामाविरुद्ध अविश्वासको मत दिएका थिए। कांग्रेस विधान अनुसार संसदीय दलको नेतामै रहन नसकेपछि लामा अब मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने संवैधानिक अवस्था आएको छ।
अविश्वास प्रस्ताव कसले दर्ता गराए?
यसअघि प्रदेश कांग्रेस सभापति इन्द्र बहादुर बानियाँको नेतृत्वमा २१ जना सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। आजको मतदानमा त्यस प्रस्तावको पक्षमा २२ सांसद उभिएका छन्।
लामाविरुद्ध उभिने सांसदहरू
इन्द्रबहादुर बानियाँ
शिवराज अधिकारी
कञ्चनचन्द्र वादे
दिपेन्द्र श्रेष्ठ
पुकार महर्जन
बिनु रायमाझी पौडेल
यमुना देवी श्रेष्ठ
उर्मिला नेपाल केसी
शान्ता ढकाल
प्रभात तामाङ
छिरिङ दोर्जे लामा
मीना पराजुली
याङ्किला शेर्पा
मीनकृष्ण महर्जन
विमल ठकुरी
मदुकुमार श्रेष्ठ
सुरजचन्द्र लामिछाने
सुरेश श्रेष्ठ
श्रीराम लामिछाने
सुना परियार
श्यामबहादुर खड्का
कृष्णबहादुर तामाङ
लामा पक्षमा उभिने सांसदहरू
बहादुरसिंह लामा
कुन्दनराज काफ्ले
उत्तम जोशी
लक्ष्मी श्रेष्ठ
रमेशकुमार महत
हरिप्रभा खड्गी
रामकुमार पहाडी
छेत्रबहादुर बम्जन
गिता गुरूङ
मसिना खड्का
तीर्थ लामा
रामकृष्ण चित्रकार
माया श्रेष्ठ
गोविन्द लम्साल
समिता खड्गी








प्रतिक्रिया