हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा–अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ
चलचित्र ‘शिवांश : च्याप्टर–१’को ३६ दिनमा पोखरामा छायांकन पुरा भएको छ ।
जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो ।
पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश ः च्याप्टर–१’को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी दिएका छन् ।
“हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा–अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले भने, “अब पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।”
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो ।
‘शिवांश : च्याप्टर–१’मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकासँगै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।
चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।








प्रतिक्रिया