२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा पहिरोः१६ अर्बभन्दा बढीको शेयर कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ विन्दुमा झरेको छ।

आजको बजारमा अधिकांश सूचक राताम्य भएका छन्। विशेषगरी विकास बैंक र माइक्रोफाइनान्स समूहका शेयरहरू ३ प्रतिशतभन्दा बढीले घटेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य आज ८ प्रतिशतभन्दा धेरैले घट्दा लगानीकर्ताले ठुलो घाटा व्यहोरेका छन्।

बजार समग्र रूपमा ओरालो लाग्दा पनि केही कम्पनीका शेयरमा भने उल्लेख्य वृद्धि देखिएको छ। सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएर आजको शीर्ष गेनर बनेका छन्।

नेप्सेमा आज ३२७ कम्पनीका ३ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ। यो कारोबार रकम साप्ताहिक औसतभन्दा माथि रहेको देखिन्छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।