८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज बुधबार प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा उनले प्रतिद्वन्द्वी बहादुर सिंह लामा तामाङलाई पराजित गर्दै जित हासिल गरेका हुन्।

निर्वाचनमा कांग्रेसका ३७ सांसद सहभागी भएका थिए। तीमध्ये बानियाँले २२ मत प्राप्त गर्दा, पूर्वमुख्यमन्त्रीसमेत रहेका लामाले १४ मत मात्र ल्याए। १ मत बदर भएको थियो।
यसअघि साउन १३ गते मंगलबार लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो, जसमा २२ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए। १५ मत विपक्षमा परेपछि लामा दलको नेताबाट हटेका थिए।

बानियाँको नेतृत्वमा २१ जना सांसदले साउन ९ गते दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। लामा नेतृत्वको सरकारका पाँच जना मन्त्रीले राजीनामा दिँदै बानियाँलाई साथ दिएका थिए।

बानियाँ र लामा दोस्रो पटक संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेका हुन्। यसअघि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत पाएका थिए। साढे दुई वर्षपछि बानियाँले त्यसको बदला लिँदै दलको नेतृत्व हात पारेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।