काठमाडौं । काठमाडौंको सतुङ्गलबाट मोटरसाइकल चोर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलस्थित सिजी गेट अगाडिको क्षेत्रमा संकास्पद गतिविधि गरिरहेका युवकलाई मङ्गलबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको हो।
थानकोट प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा युवक भाग्न खोजेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने युवक धादिङ जिल्ला थाक्रे गाउँपालिका–१ घर भइ हाल काठमाडौंमा बसोबास गर्दै आएका २३ वर्षीय रीतक तामाङ रहेका छन्।
उनको साथबाट बा.प्र.०२–०३५ प ९०४७ नम्बरको २०० सिसी क्षमताको एनएस मोटरसाइकल र मोटरसाइकलको लक फोड्न प्रयोग गरिने टी आकारको फलामको रड बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।








प्रतिक्रिया