२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त(तस्बिरहरू)



काठमाडौं

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको छ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्ने यस चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ।

कुमार बेन्जन्कारको कथा रहेको यस चलचित्रको पटकथा गणेश कार्कीले लेखेका हुन्। निर्माण पक्षका अनुसार, चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको एउटा र्‍याप पनि समावेश गरिनेछ।

तस्बिरहरूः

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।