२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपतिनाथको बालुवा खानी भ्रष्टाचार मुद्दा : दोषी ठहर भएका पूर्वपदाधिकारीहरू सर्वोच्च पुगे



काठमाडौं । पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवा खानी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वपदाधिकारीहरू सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन लिएर पुगेका छन्। उनीहरूले अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पुनरावलोकन माग गरेका हुन्।

पुनरावलोकनको निवेदन दिनेहरूमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेल, काठमाडौँका तत्कालीन स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र काठमाडौं जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल रहेका छन्।

यसअघि २०८१ माघ ३० गते सर्वोच्च अदालतको इजलासले करिब डेढ दशकअघिको उक्त मुद्दामा दोषी ठहर गर्दै भ्रष्टाचार भएको ठहर गरेको थियो। न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले पशुपतिनाथ मन्दिरको सम्पत्तिका रूपमा रहेको गोठाटारस्थित बालुवा खानीको अनियमिततामा दोष देखिएको ठहर गरेको थियो।

पुनरावलोकन निवेदनमाथि अध्ययन गर्नका लागि सर्वोच्च अदालतले साउन १६ गते बिहीबार पेशी तोकेको छ। न्यायाधीश सपना प्रधान मल्ल, विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ती निवेदनको प्रारम्भिक अध्ययन गरी पुनरावलोकन गर्न दिने वा नदिने भन्ने निर्णय गर्नेछ।

यदि पुनरावलोकनको अनुमति दिइयो भने मात्र उक्त मुद्दा फेरि सुनुवाइमा जानेछ। पुनरावलोकन प्रक्रियालाई लिएर कानुनी क्षेत्रको ध्यानसमेत यसतर्फ केन्द्रित भएको छ।

 

 

 

 

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।