२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थानकोट–चित्लाङ् सडक स्तरीकरणमा गति दिन भौतिक पूर्वाधार मन्त्रीको निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडक स्तरीकरणको काममा तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बिहीबार सडकको निरीक्षणपछिको कार्यक्रममा मन्त्री दाहालले काठमाडौंसँग मकवानपुर जोड्ने यो छोटो सडकले आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “यो सडकले कृषि उपज ढुवानी र पर्यटकीय सम्भावनालाई जोड्दै आर्थिक गतिविधि बढाउनेछ।”

निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री दाहालले कुनै पनि योजना तथा आयोजनामा ढिलासुस्ती हुन नदिन स्पष्ट पारे। “विकासका संरचनाले नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्नुपर्छ,” उनले भने, “यो सडक पनि त्यसैगरी महत्वपूर्ण छ, निर्माणमा तदारुकता देखिनुपर्छ।”

यस्तै, सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले थानकोट–चित्लाङ् सडक पूर्वी नेपाल, बाग्मती, मधेस र लुम्बिनी प्रदेशलाई जोड्ने दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण रहेको बताए।

उनले सडक निर्माण बिना ढिलाइ सम्पन्न गर्न जोड दिँदै भने, “यो सडकले स्थानीय जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ। त्यसैले अवरोधरहित रूपमा निर्माण कार्य सम्पन्न गर्न जरुरी छ।”

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।