काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिमानी ट्रस्टमार्फत सक्रिय हुने भएका छन् । उनी पहिलो पटक हिमानी ट्रस्टको कार्यक्रममा सहभागी हुँदैछन् । हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त आयोजनामा ‘स्वदेश फर्क, स्वदेश स्वर्ग’ भन्ने नारासहित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ शीर्षकमा साउन १७ गते सानेपास्थित इन्टरनेशनल क्लबमा विशेष कार्यक्रम हुँदैछ ।
विदेशमा रहेका वा फर्किएका नेपाली युवाहरुलाई स्वदेशमै उद्यम, सीप र व्यवसायमार्फत योगदान गर्न प्रेरित गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । नवउद्यमीहरूलाई लक्षित गर्दै कार्यक्रममार्फत परामर्श, सल्लाह तथा माइक्रो सिडिङ रिभल्भिङ फन्डमार्फत आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिइएको बताइएको छ । कार्यक्रममा विभिन्न उद्योग र व्यवसाय क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।
साथै, विभिन्न जानकारीमूलक स्टल र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ । कार्यक्रममा पूर्वराजा शाहका साथै हिमानी कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहसहित राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहनेछ ।








प्रतिक्रिया