२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरबाट चलचित्र ‘झरीपछिको इन्द्रेणी’ छायाङ्कन सुरु



काठमाडौँ
टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ ।
आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताएका छन् ।
एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्न लागेको निर्देशक पाँडे बताएका छन् ।
‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गर्नेछन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा छायाङ्कन हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) ले कथा लेखन, अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखन तथा बुद्ध थापाले छायाङ्कन गर्नेछन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।