काठमाडौं
नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशैभर प्रदर्शनमा आएको छ । साउन महिनामा प्रर्दशनमा आएको यो नै पहिलो नेपाली चलचित्र हो ।
वैदेशिक रोजगारीमा जाने क्रममा युवाहरुले भोग्नु परेको सास्तीलाई चित्रण गरिएको चलचित्रमा २०६१ सालमा इराक पुगेका नेपालीहरुको दुःख घटनामा आधारित रहेको छ ।
चलचित्र बुधबार राजधानीमा आयोजित चलचित्रको प्रिमियरमा सहभागी दर्शकहरुले सकारात्मक प्रतिकृया दिएका थिए ।
वितरकका अनुसार चलचित्रले देशभर १ सय हाराहारीमा शो प्राप्त गरेको छ ।
चलचित्रमा अभिनेता प्रमोद चौलागाईं र निता ढुङ्गानासँगै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन चितवन, काठमाडौं, लेटाङ र भारतमा समेत गरिएको छ ।
रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेको यस चलचित्रका निर्देशक विभोर पोखरेल हुन् ।








प्रतिक्रिया