३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जन्मदिनको पार्टी मनाइरहेका बेला पक्राउ परे ‘चक्रे मिलन’, ‘सानुभाइ’ युवराज गुरुङ पनि नियन्त्रणमा



काठमाडौं । काठमाडौंको बाँसबारीस्थित एक होटलमा जन्मदिनको पार्टी मनाइरहेका बेला गुण्डा नाइके ‘चक्रे मिलन’सहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त सादा पोशाक टोलीले अपरेशन चलाउँदै बाँसबारी रोडमा रहेको होटल साम्बालामा छापा मारेको थियो। दुई दिनदेखि होटलमा लगातार जन्मदिनको पार्टी चलिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै बुधबार राति कारबाही गरेको हो।

प्रहरीका अनुसार पार्टीमा विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्ति भेला भएको सूचनाका आधारमा खोजतलास गर्दा ‘चक्रे मिलन’का साथै ‘सानुभाइ’का नामले चिनिने युवराज गुरुङलाई पनि नियन्त्रणमा लिइएको हो।

हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका केहीको आपराधिक गतिविधिसँग सम्बन्ध रहेको भन्दै विस्तृत सोधपुछ भइरहेको छ।

चक्रे मिलन विगतमा पनि विभिन्न आपराधिक मामिलामा संलग्न रहँदै आएका हुन्। प्रहरीले अब उनीहरूमाथि संगठित आपराधिक समूहसँगको संलग्नता लगायतका विषयमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।