२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हरिबहादुरको जुत्ता’ को फर्स्टलुक पोस्टर सार्वजनिक, हरिवंश आचार्य मुख्य भूमिकामा



काठमाडौं । चर्चित अभिनेता तथा हास्यकलाकार हरिवंश आचार्य अभिनीत फिल्म ‘हरिबहादुरको जुत्ता’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा हरिवंश आचार्यलाई मात्र फिचर गरिएको छ, जसले फिल्मको मुख्य पात्रबारे स्पष्ट सन्देश दिन खोजिएको छ। हरिवंशलाई पोस्टरमा जुत्ता सिउँदै गरेको अवस्थाबाट देखाइएको छ, जसले फिल्ममा उनले निभाउने भूमिकाको झलक दिन्छ।

पोस्टरले दर्शकलाई टेलिसिरियल ‘हरिबहादुर’ का लोकप्रिय पात्रको झल्को दिलाउने शैलीमा तयार पारिएको छ। दीपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी, मुरलीधरलगायत कलाकारहरूको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्स को ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। फिल्ममा कृष्णबहादुर थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको छ। ‘हरिबहादुरको जुत्ता’ यो वर्षको असोज १३ गते, फूलपातीको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।