काठमाडौं
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले बरिष्ठ हास्यउकलाकार मदनकृष्ण श्रेष्ठलाई लिएर ‘सुख दुःख’मा निर्देशा गर्ने भएकी छिन् ।
उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको छ ।
चलचित्रमा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई कथा मन परेपछि अभिनेत्री ढुंगानाको निर्देशनमा बन्नृ यस चलचित्रमा अभिनय गर्न राजी भएको बताएका छन् । मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित भएकी छिन् ।
निर्देशक ढुंगानाले भनिन्,‘चलचित्रको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभया े। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’
गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक चलचित्रको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन।
यसअघि यो चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्रमा निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन् ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।








प्रतिक्रिया