२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पोस्टरमा बुकी फूल अनि भलिबल खेल्नेको लस्कर



 

प्रचार सामाग्रीको रुपमा सार्वजनिक हुने हरेक पोस्टरमा केही विशेष हुन्छ । कतिपय पोस्टरले चलचित्रको पुरै कथाको प्रतिनिधित्व गर्छन् ।
निर्माणको क्रममा रहेको चलचित्र ‘बुकी’को पोष्टरमा झपक्क बुकी फुल फूलेको छ । यहाँ लेकको चौर अनि कुहिरोले डम्म ढाकेको मौसममा एक हुल मान्छे भलिबल खेलिरहेका छन् ।

चलचित्रले पहाडी गाँउको कथा भन्ने संकेत गरेको छ । लाग्छ, चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ ।

बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छ । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । यो

भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन कि ! तर, निर्माण पक्षले प्रष्ट भने पारेको छैन ।

चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् ।

कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् ।

चलचित्रको एशोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्दर्भको डीओपी रहेको चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रको सहायक निर्देशकहरुमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ रहेका छन् । चलचित्र ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र प्रर्दशन गर्ने निर्माण पक्षले लिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।