काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो राजीनामा सार्वजनिक रूपमा घोषणा गरेका हुन्। लामा २०७८ साउन ९ गते मुख्यमन्त्री बनेका थिए। एक वर्ष सरकारको नेतृत्व गरेपछि संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि उनले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
लामाले सोमबार मात्रै प्रदेश प्रमुख दीपक देवकोटालाई औपचारिक रूपमा राजीनामा बुझाउने बताएका छन्। प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन्। लामाको राजीनामासँगै बागमती प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु हुने देखिएको छ।








प्रतिक्रिया