२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जलाकी’को पोस्टरमा धिरज र उपासनाको मनोभाव



काठमाडौं
भर्खरै चलचित्र ‘जलाकी’को गज्जवको पोस्टरहरु सार्वजनिक भएका छन् ।
पोस्टरमा अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीको फरक फरक मनोभाव देखिन्छ ।
पोस्टरमा धिरज र उपासनासँग रोमान्टिक मुडमा छन् भने अर्को एक पोस्टरमा भावुक अवस्थामा देखिएका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा अर्की अभिनेत्री शिल्पा मास्के भने समेटिएको छैन ।

यही असोज २१ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र‘जलाकी’को अझैं छायांकन भइरहेको छ ।

अशोक थापा मगरको निर्देशनमा बनिरहेको चलचित्रमा

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, वुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा समेत यो चलचित्रको छायांकन रहनेछ ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।