२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ह्याट्रिक हिटको प्रतिक्षामा मिरुना



काठमाडौं
नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी अभिनेत्री हुन् । किनकी उनका चलचत्र फ्लपसँगै धेरै चलचित्र हिट छन् ।

सुरुवाती वर्षका केही चलचित्रहरु उनका फ्लप भए । चलचित्र ‘कबड्डी–४ ‘फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट चलचित्रको रुपमा बक्सअफिसमा स्थापित भए । उनका यी तीन चलचित्रले बक्सअफिसमा हिटमा ह्याट्रिक गरे ।

‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट सावित भए । मिरुना अब फेरि दोस्रो पटक हिटमा ह्याट्रिकको प्रतिक्षामा छिन् ।
यही भदौं ६ गतेबाट प्रदृशन सुरु हुन लागेको चलचित्र ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ हिट सक्ने आशमा रहेकी मिरुनाको चलचित्रलाई टक्कर दिन माग्ने राजा पनि सोही दिनबाट प्रर्दशनको तयारीमा छ ।
निर्देशक ऋषि लामिछानेको निर्देशनमा बनेको माग्नेराजाको हाइप हेर्दा मिरुनाको चलचित्रले हिटमा ह्याट्रिक गर्न कठीन बन्दै गएको देखिन्छ ।

 

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।