२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नुवाकोटको तारकेश्वर-६ का वडाध्यक्ष रिमालको निधन, गाउँपालिकामा शोक बिदा



नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत रिमालको निधन भएको हो। उनलाई पछिल्लो एक सातादेखि उच्च ज्वरो र निमोनियाले समस्या बनाएको थियो। केही महिना अघि जेठमा पत्थरीको शल्यक्रिया गरिएको र त्यसयता उनी नियमित स्वास्थ्य परीक्षणमा थिए।

रिमालको निधनले गाउँपालिकामा शोकको छायाँ छाएको छ। तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी (अबिरल) ले शोक वक्तव्य जारी गर्दै आज (साउन १९ गते) ‘तारकेश्वर शोकको दिन’ घोषणा गरिएको जानकारी दिएका छन्।

शोकप्रति श्रद्धाञ्जली प्रकट गर्दै गाउँपालिकाले आज वडा कार्यालयहरू, गाउँपालिका कार्यालय तथा सार्वजनिक सेवा प्रवाह गर्ने सम्पूर्ण निकायहरूमा शोक बिदा दिएको छ। साथै, राष्ट्रिय झण्डा आधा झुकाएर दिवंगत वडाध्यक्ष रिमालप्रति सम्मान प्रकट गरिएको गाउँपालिकाले जनाएको छ।

स्व. रिमालको निधनले स्थानिय तहमा सक्रिय जनप्रतिनिधिका रूपमा क्रियाशील एक कर्मठ जनप्रतिनिधिलाई गुमाउनु परेको गाउँवासीले बताएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।