काठमाडौं
चलचित्र ‘बलिदान’का चार पात्रको अवतार सार्वजनिक गरिएको छ ।
पोस्टरमार्फत सार्वजनिक अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिका दर्शाउने किसिमको देखिन्छ ।
निर्देशक सन्तोष सेनका अनुसार यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेका छन् ।
चलचित्रमा खलनायक पात्रमा अभिनय गरेका हेमन्तको भूमिकाबारे निर्देशक सेनले भनेका छन्,‘उनको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।’
अर्पण थापा पात्रका रूपमा आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्ने किसिमको देखिन्छ ।
अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक पात्रको रुपमा प्रस्तुत छिन् भने निर्देशक सेन आफैँ पनि चलचित्रको एक प्रभावशाली भूमिकामा छन् भन्ने देखिन्छ ।
आसुसेन फिल्म्स् प्रा.लि.को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।
चलचित्र यस वर्षको असोज १३ गते वडा दसैँको फूलपातीको अवसरमा प्रर्दशनको तयारीमा छ ।








प्रतिक्रिया