२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरामा गायक पशुपति शर्मा सवार कार दुर्घटना



काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीले बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएको जानकारी दिएको छ । स्याङ्जामा सांगीतिक कार्यक्रममा सहभागी जाने क्रममा कार दुर्घटनामा परेको थियो । गायक शर्माको देब्रे हातमा चोट लागेको छ भने कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।