१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको आश्राङ्गमा कार दुर्घटना,पुर्वसासंद सञ्जेलसहित सबै सकुशल



 

दक्षिण ललितपुरको वागमती गाँउपालिका ६ आश्राङ्गमा कार दुर्घटनामा परेको छ ।
आश्राङ प्रहरी चौकीका अनुसार गएको राती आश्राङमा पुर्व प्रदेस सासंद चेतनाथ सञ्जेल, स्थानीय नेताहरु पुरुषोत्तम हुमागाई, कबिन्द्र कुमार लामा ,तिलक लामा नारायण घले सडकबाट खेतमा खसेको थियो ।
दुर्घटनाका क्रममा पुर्वसासंद सञ्जेलसहित सबै सकुशल रहेका छन् । आज विहान स्थानीयबासीको सहयोगमा स्काइभेटरमार्फत सवारी सडकमा उतारेपछि सबै जना राजधानी फर्किसकेका छन् ।
दुर्घटनाग्रस्त स्थलमा सगै अर्को सवारी रहेकाले उद्दारमा सहयोग पुगेको थियो ।

सातदोबाटोबाट करिव ५० किलोमिटर दुरीमा रहेको आश्राङ दुर्घम पहाडी क्षेत्रमा रहेको छ । यहाँका सडक पुर्वाधार कमजोर रहेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।