२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोहर’ र ‘सिटामोल’को अग्रिम टिकट बिक्री निराशाजनक



काठमाडौं
भोली शुक्रबारदेखि प्रर्दशनको तयारीमा रहेका चलचित्रहरु ‘मोहोर’ र ‘सिटामोल’को अग्रिम टिकट खुलेपनि अधिकाशं हलको बिक्रीको अवस्था निराशाजनक देखिएको छ ।

चलचित्रले देशभरका करिव १ सयको संख्यामा शो पाए पनि धेरै हलको टिकट बिक्री ज्यादै न्युन देखिन्छ । क्युअफएक्स चेन हलहरुमा चलचित्रको टिकट दुई चारवटा मात्रै भएको देखिन्छ ।

क्यूएफएक्स चेनले उपत्यकामा १५ शोज र मोफसलमा १६ शोज गरी ३१ शोज दिएको छ ।
चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय हेर्न सकिन्छ ।
उता चलचित्र ‘मोहर’को अग्रिम टिकट बिक्रिको अवस्था पनि सुखद देखिदैन । देशभरका करिव १ सय हाराहारीमा खुलेको सोजमा टिकट बिक्रीको अवस्था उस्तै छ । यद्यपी मोहोरको अवस्था सिटामोलको भन्दा सुखद रहने संकेत भने देखिएको छ । दुबै चलचित्रको सबै हलहरुले शो खुलाउन बाँकी छ ।

चलचित्र ‘मोहर’मा अभिनेत्री बेनिशा हमाल,पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । चलचित्रलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको हो ।
बर्षा याम भएको भन्दै निर्माताहरुले गएको असारयता नयाँ चलचित्र प्रर्दशन गर्न हच्किएका छन् । गतसाता चलचित्र रियाल रिंगेट प्रर्दशन हुनुबाहेक अरु चलचित्र प्रर्दशन भएनन् । तर हिन्दी चलचित्र सायराले नेपालबाट राम्रो बक्सअफिस कलेक्सनि गरिरहेको छ ।

बक्सअफिसमा नेपाली चलचित्रको व्यापार केही समयदेखि निराशाजनक भइरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।