२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित कोरियाली अभिनेत्री ली मिन घरमै मृत भेटिइन्



एजेन्सी । कोरियन फिल्म ‘एज वान’ की चर्चित अभिनेत्री ली मिनको निधन भएको छ। उनी अगस्ट ५ तारिखका दिन आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। निधन हुँदा उनकी उमेर ४६ वर्ष थियो।

उनको मृत्युबारे प्रहरीले हाल अनुसन्धान गरिरहेको कोरियन सञ्चारमाध्यमहरूले जनाएका छन्। मृत्युको कारण भने खुलाइएको छैन।

अभिनेत्री ली मिनको निधनको पुष्टि उनको मिडिया एजेन्सीले आधिकारिक रूपमा गरेको छ। एजेन्सीले शोक व्यक्त गर्दै यो क्षति कोरियन मनोरञ्जन क्षेत्रका लागि अपूरणीय भएको जनाएको छ।

ली मिनले थुप्रै फिल्म तथा टेलिभिजन श्रृंखलामा अभिनय गर्दै दर्शकको मन जितेकी थिइन्। विशेषगरी ‘एज वान’ मार्फत उनी लोकप्रियता शिखरमा पुगेकी थिइन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।