२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनै हराएको मान्छे’को ट्रेलरमार्फत धेरै रहस्य खुल्यो



 

पछिल्लो समय प्रचार सामाग्रीमार्फत चलचित्रका सबै रहस्य खुल्ने गरेको छ । पोस्टर,गीत, टिजर र ट्रेलरमार्फत मात्रै होइन कलाकारहरुले प्रचारका क्रममा धेरै रहस्यहरु खोलिदिने गरेका छन् ।

शनिबार रक्षाबन्धनको अवसर पारेर सार्वजनिक ट्रेलरमार्फत चलचित्र चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धको धागाहरु’को धेरै रहस्य खोलिएको छ ।
ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष देखाइएको छ । चलचित्रको ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।

चलचित्रका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखिएको छ ।

कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखलगायतका दृश्य सार्वजनिक भएको छ ।

निर्माण पक्षले गएको तीनहप्ताअघि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो । ‘मसुरीको दाना’ र ‘आमा’ शिर्षकका गीतहरु पनि केही समयअघि सार्वजनिक भइसकेका छन् ।

हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
चलचित्र भदौ ६ गते प्रर्दशन गर्ने निर्माण पक्षको तयारी छ ।

 

 

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।