२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रामेछापमा जीप दुर्घटना: स्वास्थ्य केन्द्रकी महिला इन्चार्जको मृत्यु, पति घाइते



काठमाडौं । रामेछाप मन्थली–७ स्थित सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज राधा कार्की चौहानको जीप दुर्घटनामा मृत्यु भएको छ भने उनका पति उत्तम चौहान गम्भीर घाइते भएका छन्।

आइतबार बिहानै हेटौँडामा अध्ययनरत छोरालाई भेट्न निस्केको बा १३ च ३९३५ नम्बरको स्कारपिओ जीप मन्थली नगरपालिका–६ बोक्से पहरो क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खसेको छ।

दुर्घटनास्थलमै राधाको मृत्यु भएको र घाइते उत्तमलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।