काठमाडौं । क्रिकेट खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा मोरङस्थित घरमा निधन भएको हो ।
ललितमाथि परेको मातृशोकप्रति नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेको छ । उनको नेपाल प्रिमियर लिग (एनपीएल) टिम जनकपुर बोल्ट्सले पनि दुःख प्रकट गर्दै सोसल मिडियामा पोस्ट शेयर गरेको छ ।
ललितको घर मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १४ मा छ, जहाँ उनकी आमाले अन्तिम सास लिएकी हुन् ।








प्रतिक्रिया