१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति आर्यघाटमा शवबाट हड्डी निकालेको आरोपमा दुई पक्राउ



काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार सो घटनाको सूचना प्रहरीलाई प्राप्त भएपछि तत्कालै ब्राह्मण गणेश ढकाल र उनका एक सहयोगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिए।

पक्राउ पर्ने दुवै जनाले काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नामक मृतकको शवबाट हड्डी निकालेर अर्कोलाई दिएको आरोप लागेको छ। एसपी चन्दका अनुसार घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ।

यस घटनाले स्थानीय समुदायमा चासो र चिन्ता बढाएको छ भने प्रहरीले सबै पक्षबाट प्रमाण संकलन गरी सत्यतथ्य पत्ता लगाउने बताएको छ।

 

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।