काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सम्भावित बाढीको जोखिमका बारेमा सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा कोसी नदीका सहायक नदिहरूको बहाब सतर्कता तह नजिक पुगेको छ भने नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाब हाल सतर्कता तहभन्दा तल छ तर बढ्ने सम्भावना छ।
विशेषगरी दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा बहने साना नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, बैतडी लगायतका जिल्लामा बहने साना नदीहरूको बहाब पनि उल्लेख्य रूपमा बढ्ने र बाढीको मध्यम जोखिम रहेको बताइएको छ।
उल्लेखित ३४ जिल्लालाई पहेँलो जोखिम क्षेत्रमा राखेर महाशाखाले बासिन्दालाई बाढीबाट सावधान रहन विशेष अनुरोध गरेको छ।








प्रतिक्रिया