२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यस्तो छ उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ को टिजर, असोज ३ गतेदेखि प्रदर्शनमा आउने



काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित बहुप्रतिक्षित फिल्म ‘जारी २’ को टिजर सार्वजनिक भएको छ। ‘जारी’ को सिक्वेलका रूपमा आउने यस फिल्मको टिजरमा कथावस्तु र पात्रहरूको झलक प्रस्तुत गरिएको छ।

२०८० सालमा रिलिज भएको पहिलो श्रृंखला ‘जारी’ ले १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। दोस्रो श्रृंखलाको शीर्षक ‘सङ अफ च्याब्रुङ’ राखिएको छ। टिजरको सुरुवात ‘च्याब्रुङ नै नाच्ने नआउने लिम्बु त नांगो पहाडजस्तो हुन्छ’ भन्ने संवादसँग गरिएको छ।

टिजरमा लिम्बु समुदायको सांस्कृतिक पहिचानदेखि दयाहाङ राई र मिरुना मगरको वैवाहिक सम्बन्धमा आउने उतार–चढाव देखाइएको छ। घरझगडादेखि विजय बरालद्वारा रेखा लिम्बुको हात माग्ने दृश्यसम्म टिजरमा समेटिएको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रामबाबु गुरुङ हुन् भने कथा स्वयं निर्देशक सुब्बाले लेखेका हुन्। फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ। ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।