इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गमा एकआपसमा ठोक्किएका हुन्।
मृतकमध्ये दुई पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ। घाइतेहरूको इनरुवा, विराटनगर न्युरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।








प्रतिक्रिया