८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेलाई थुनामै राख्ने आदेश



काठमाडौं । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश दिएको छ।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा बिगो लिएर छुटकारा दिलाउन माग गर्दै लामिछानेले दिएको निवेदनमा न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त आदेश दिएको हो। उनले सहकारी हिनामिना गरेको भनिएको सुप्रिम सहकारीको बैंक ग्यारेन्टी बुझाइसकेकाले थुनामुक्त हुनुपर्ने दाबी गरेका थिए।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार बैंक जमानत लिएर दफा ७१ बमोजिम आफूलाई रिहा गर्न माग गर्दै लामिछानेले निवेदन दिएका थिए। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाए पनि अदालतले उक्त माग अस्वीकार गर्दै थुनामा पठाउने आदेश दिएको हो।

 

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।