२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वरमा करेन्ट लागेर दुई दुर्घटना, एक जनाको निधन



काठमाडौं
काठमाडौंको गोकर्णेश्वरमा करेन्ट लागेर दुई दुर्घटना भएको छ ।
प्रहरीका अनुसार नयाँ बस्ती र शेर्पा कोलोनीमा दुई करेन्ट लाग्ने घटना घटेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गरी बस्ने पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति निधन भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा निध भएको थियो ।
गोकर्णेश्‍वर नगरपालिका ९ शेर्पा कोलोनी डेरा गरी बस्ने काभ्रे घर भएकी अस्मिता तामाङको कोठामा पनि विद्युत सर्ट भएको थियो । सोमबार दिउँसो भएको आगलागीमा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।