२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने निर्णय गरेको छ। विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने र पहुँच नभएका व्यक्तिहरूले नपाउने गुनासो आएपछि यो कदम चालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार मंगलबारदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत भिजिटर पास वितरण बन्द गरिएको छ।

विमानस्थल कार्यालयले व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती र नाबालक यात्रुका लागि सहायता कक्ष सञ्चालन गरिने जनाएको छ। ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक यात्रुहरूका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूको सहकार्यमा सहजिकरण भइरहेको महाप्रबन्धक पाण्डेले बताए।

साथै सामान ‘चेक-इन’ संख्या र तौल सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले त्यसलाई पालना गर्न सबै यात्रुलाई अनुरोध गरिएको छ।

 

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।