२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म ‘सोल्टिनी’ को रिलिज मिति सारियो, तिहारको भाइटिकामा प्रदर्शन हुने तय



काठमाडौं । अर्जुन सुवेदीको निर्देशनमा बनेको फिल्म ‘सोल्टिनी’ को रिलिज मिति सारिएको छ। यस फिल्मलाई अब तिहारको भाइटिकाको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। पहिले यो फिल्म असोज ३ गते रिलिज हुने तय थियो, तर निर्माण पक्षले अझै यस विषयमा औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य भूमिका रहेको यो फिल्मले अन्तरजातीय प्रेम कथालाई प्रस्तुत गर्नेछ। फिल्मको एउटा गीत सार्वजनिक भइसकेको छ। इलाममा छायांकन गरिएको ‘सोल्टिनी’ मा विल्सन विक्रम राई, सब्बु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायतका कलाकारहरूको अभिनय छ।

फिल्मको छायांकन सुशन प्रजापतिको रहेको छ भने संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन्। रेजिना विष्ट र संसार चौलागाईंको लगानीमा तयार भएको यो फिल्म प्लानेट थ्री फिल्म्सको प्रस्तुति र नेपसिने तथा योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।