२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘नेप्से एआई’ एपमार्फत ठगी



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘नेप्से एआई’ नामक मोबाइल एपमार्फत ठगी हुने घटनाबारे सर्वसाधारणलाई सचेत गराएको छ। प्रहरीको साइबर शाखाका अनुसार, सामाजिक सञ्जालमा शेयर बजार विश्लेषण गरेर बढी नाफा कमाउन सकिने भ्रामक प्रचार गरी मानिसहरूलाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइरहेको पाइएपछि सिआइबीले चेतावनी जारी गरेको हो।

ब्युरोका अनुसार, एप डाउनलोड गरेपछि ‘रिमोट सेसन’ खोलिएको भएर मोबाइलमा पहुँच प्राप्त गरिन्छ र केही समयमै बैंक खाताबाट ठूलो रकम अनधिकृत रूपमा स्थानान्तरण गरिन्छ। त्यसपछि मोबाइलमा रहेका डाटा र एपहरू समेत मेटाइने घटना फेला परेको छ।

हालै एउटा घटनामा फेसबुकमा देखिएको विज्ञापनमार्फत एप डाउनलोड गरेको व्यक्तिको मोबाइल स्क्रिन केही समय ब्ल्याक भएको र करिब २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट चोरी भएको उजुरी सिआइबीमा परेको छ।

सिआइबीले सबैलाई आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, अज्ञात लिङ्कमा क्लिक नगर्न र मोबाइल सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। यदि यस्ता घटना भइहाल्यो भने तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोलाई सम्पर्क गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।