२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा निशान गाडीको ठक्करबाट युवकको निधन, चालक फरार



भक्तपुर

भक्तपुरको ब्रम्हायणीबाट सुडालतर्फ यात्रारत निशान गाडीको ठक्करपछि एक युवकको निधन भएको छ भने चालक फरार छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–९ स्थित सडकमा ब्रम्हायणीबाट सुडालतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ६६८४ नम्बरको निशान गाडीले किचेर गाडीमा सवार सोही् नगरपालिका–९ च्यामासिंह बस्ने सिन्धुपाल्चोक ब्राहबिसे नगरपालिका–८ सुगुरे घर भएका ३४ वर्षीय सुनिल कार्कीको मंगलबार दिउँसो निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।