३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर र भक्तपुरका सीडीओहरुको सरुवा



काठमाडौं । सरकारले ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। बुधबार सरकारले ७२ जना सहसचिवको सरुवा गरेको छ, जसमा यी दुवै जिल्लाका प्रजिअलाई पनि सरुवा गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई सरुवा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पठाइएको छ भने भक्तपुरका प्रजिअ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ।

यद्यपी यी दुवै जिल्लामा गृह मन्त्रालयले कसलाई पठाउँदै छ भन्ने खुलेको छैन।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।