३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका १३ हजार वटा मुद्दा थुप्रियो



काठमाडौँ
जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् ।
परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । आव २०८०÷८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१÷८२ मा ३२ मुद्दा परेका छन् ।
परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।