काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ। बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको हो।
बा ४ ख ८४३५ बस सडकबाट ३० मिटर तल झरेको रसुवा प्रहरीले जनाएको छ। गम्भीर घाइते ११ जना र १ जना सामान्य घाइते गरी १२ जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पुर्याइएको छ।
बसमा कति थिए भन्ने यकिन भएको छैन। अन्य केहीको उद्धार गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया