१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपाली कामदारको मृत्यु



काठमाडौं । विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपाली कामदारको मृत्यु भएको छ भने थप १५ जना उपचाररत रहेका छन्। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, शव प्राप्त भएपछि मात्रै नेपालीको पहिचान पुष्टि हुनेछ।

कुवेतको स्वास्थ्य मन्त्रालयले एसियाली मुलुकका ६३ जनालाई अस्पताल भर्ना गरिएको र धेरै बिरामी आइसियूमा रहेको जनाएको छ। विषाक्त मदिरा सेवनबाट टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने र हृदयाघात हुने गरेको बताइएको छ।

दुःखद घटना हुँदा नेपालीसहित दक्षिण एसियाली कामदारहरू सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज जस्ता औद्योगिक उत्पादन प्रयोग हुने मदिरा सेवन गर्ने गरेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।