काठमाडौं
प्रकाशित समाचारप्रति असहमती जनाउदै ट्रमा सेन्टरकी उक कर्मचारीले पत्रकार महासंघ काठमाडौंका सदस्य इन्द्र बानियालाई धम्की दिएकी छिन् ।
समाचारप्रति असहमतस्ी जनाउदै यहाँ कार्यरत केही कर्मचारीहरुले पत्रकार बानियाँमाथि भौतिक आक्रमण गरेर हातखुट्टा भाँच्ने धम्की दिएका हुन् ।
उनले केही समय अघि ट्रमा सेन्टरमा आर्थिक लेनदेनपछि कर्मचारी नियुक्ती भएको र सो घटनाप्रति स्वास्थ्यमन्त्री मौन रहेको समाचार प्रकाशित गरेका थिए ।
धम्कीप्रति घोर भत्र्सना गर्दै पत्रकार महासंघ काठमाडौंले विज्ञप्ती प्रकाशन गरेर विरोध जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘घटनाको तत्काल निश्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषिलाई कानून बमोजिम कडा कारवाहीको माग गर्दैछौं ।’
३२ श्रावण २०८२, शनिबार
188
Shares








प्रतिक्रिया