काठमाडौं
काठमाडौंको गोंगबु मित्रनगर बबालिचोकमा रहेको एक होटलको कोठाभित्र महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार यहाँको कंचन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २६ वर्षीया महिला गए राति मृत अवस्थामा फेला परेकी छिन् ।
साथै काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बालुवा डिपो नजिक हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया