काठमाडौं
चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ । टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी दर्शकको साथ पाएको छ ।
बडादसैँको फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रमा अभिनेता र समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारले अभिनय रहेको छ ।
दर्शकको उत्साहपूर्ण साथका कारण नेपाली चलचित्र इतिहासमा छोटो समयमा ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ।
चलचित्रका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति रहेको चलचित्र बलिदानमा देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवाद रहेको देखिन्छ ।
टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’को परिचय दिइएको चलचित्रको दमदार संवाद, “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ।
यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि–टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो।
चलचित्र आसुसेन फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रमा निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको छन् ।








प्रतिक्रिया