पारिश्रमिक नदिई पटक पटक चलचित्र र म्युजिक भिडियोलगायत मनोरञ्जनात्मक सामाग्री उत्पादन गर्नेहरु अब समस्यामा पर्ने भएका छन् ।
चलचित्र प्राविधिक संघ (नेफ्टा)को बैठकले निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम गर्ने प्राविधिक सदस्यहरूको पारिश्रमिक नतिरेसम्म काम गर्ने निर्णय गरेको छ ।
संस्थाको शुक्रबार बसेको बसेको बैठकले पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम नगर्न आफ्ना सदस्यहरुलाई आह्वान गरेको छ ।
अध्यक्ष पुष्कर लामाले पारिश्रमिक समस्या समाधान नभएसम्म त्यस्ता फिल्म र म्युजिक भिडियोमा
पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम गरेको पाइएमा संघले आगामी दिनमा गर्ने साथ सहयोगमा सोच्न बाध्य हुने बताए ।
अध्यक्ष लामाका अनुसार १० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ । साथै, दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक दिएका छैनन् ।
पछिल्लो समय कलाकारको लाखौं पारिश्रमिकको चर्चा चलेपनि पर्दा पछाडि काम गर्ने प्राविधिकको पारिश्रमिकबारे सँधै समस्या हुँदै आएको छ । चलचित्र क्षेत्रमा पछिल्लो समय पारिश्रमिकलाई लिएर ठूलै संकट देखिएको छ ।








प्रतिक्रिया